अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौँ-आज सङ्घीय संसद्का तीनवटा संसदीय समितिको बैठक बस्दै छ। बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा विषय विज्ञसँग छलफल गर्ने कार्यक्रम छ।

त्यस्तै, बिहान १०ः०० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ।

यता पूर्वाधार विकास समितिको बैठकमा भने विद्युत्को वितरण लाइन र पोलहरू समयमै व्यवस्थापन नहुँदा सडक निर्माणमा भइरहेको ढिलाइका विषयमा छलफल हुने जनाइएको छ । उक्त समितिको बैठक पनि बिहान १०ः०० बजेका लागि तय गरिएको छ ।