काठमाडौं-नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिश सिंह थापा नियुक्त भएका छन्।
नियुक्तिपछि शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण ग्रहण गरेका छन्।
रजिस्ट्रारको जिम्मेवारी सम्हाल्दै डा. थापाले परिषद्को संस्थागत सुदृढीकरण, फार्मेसी क्षेत्रको गुणस्तर अभिवृद्धि तथा नियमनलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल फार्मेसी परिषद् फार्मेसी शिक्षाको गुणस्तर कायम राख्ने, फार्मेसी व्यवसायको नियमन गर्ने तथा सम्बन्धित जनशक्तिको दर्ता, नवीकरण र अनुगमन गर्ने निकाय हो। डा. थापाको नियुक्तिसँगै परिषद्का विभिन्न कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया