अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो। 

भेटवार्तामा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ।

भेटका क्रममा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिएका थिए। उनले दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । यसअघि बालेनले कुनै पनि विदेशी राजदूतसँग यसरी एक्लाएक्लै भेट गरेका थिएनन् । एक पटक राजदूतहरुसँग सामूहिक भेट भने गरेका थिए ।

प्रधानमन्त्री शाहले आजै चिनियाँ राजदूत चाङ माओमिङसँग भेटवार्ता गर्ने जनाइएको छ।