अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा सुरु हुनेवित्तिकै विपक्षी दलको उठेर विरोध

प्रतिनिधिसभा सुरु हुनेवित्तिकै विपक्षी दलको उठेर विरोध


काठमाडौँ-प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन्। सिंहदरबारस्थित संसद् भवनमा सभामुख सोमबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने वितिक्कै विपक्षी दलहरूले बैठकमा आ-आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन्। 

२०८३ जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्ने जवाफ दिएपछि विपक्षीहरुले उठेर विरोध गर्दै आइरहेका छन्। तर, न प्रधानमन्त्री शाहले त्यसबारे प्रष्टीकरण दिएका छन् न त त्यो अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुख अर्यालले सचिवालयलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र प्रधानमन्त्रीले माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरूले विरोध गर्दै आएका छन् ।