अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश


काठमाडौं-नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ।

न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीसँग १५ लाख धरौटीमा छाड्न आदेश गरेको हो। उनीविरुद्ध पोखरा विमानस्थल निर्माणमा कर छुट दिएकोमा भ्रष्टाचार गरेको आरोप थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै उनीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ । उक्त मुद्दाको थुनछेक आदेशका लागि सोमबार उनी विशेष अदालतमा उपस्थित भएका थिए ।