अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन


जनकपुरधाम-वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ।

उनको सोमबार राति पौने १ बजे जनकपुरधाममा निधन भएको कान्छा छोरा डा. विभाष लाभले जानकारी दिए। उनका अनुसार सोमबार राति करिब साढे ११ बजे परिवारका सदस्यसँग कुराकानी गरिरहेका बेला बिमल अचानक बेहोस भएका थिए। उनलाई उपचारका लागि नजिकैको अस्पताल लगिए पनि उपचारकै क्रममा निधन भएको हो।

बिमलको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोकस्थित आफ्नै निवासमा राखिएको छ। पारिवारिक स्रोतका अनुसार उनको मंगलबार दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिनेछ।

भाषाविज्ञानमा विद्यावारिधि गरेका बिमलका नेपाली, मैथिली र अंग्रेजी भाषामा थुप्रै साहित्यिक कृति प्रकाशित छन्। उनले २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषय अध्यापनसमेत गरेका थिए।

साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका बिमल जगदम्बा श्री पुरस्कारलगायत विभिन्न सम्मानबाट विभूषित थिए। उनको एउटा कथा कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यक्रममा समेत समावेश गरिएको छ।

सन् १९४७ मार्च २६ मा जनकपुरको देवीचोकमा जन्मिएका बिमलको निधनसँगै नेपाली तथा मैथिली साहित्यले एक महत्वपूर्ण स्रष्टा गुमाएको छ।