कपिलवस्तु-कपिलवस्तु नगरपालिका-७ धरमपनियामा मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
तौलिहवा-भैरहवा सडकखण्डमा सडक छेउमा बिग्रिएर मर्मत भइरहेको ना.६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकको पछाडिपट्टि लु.८२ प ८६२८ नम्बरको १५० सीसी बजाज पल्सर मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा शुद्धोधन गाउँपालिका–३ कटैयाभारीका २३ वर्षीय मोटरसाइकल चालक सन्तोष कहार गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएकोमा चिकित्सकले राति ११ः१३ बजे मृत घोषणा गरेका हुन्।
मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका-७ पिपरहवाका अन्दाजी ३२ वर्षीय शेषराम पासी र सोही स्थानका अन्दाजी २५ वर्षीय दुर्गेश यादव घाइते भएका छन्। दुवै जनाको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया