काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केही समयअघि सुरु भएकाे हाे ।
बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने जनाइएको छ। बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्ताव, नियुक्तिसम्बन्धी विषय तथा सरकारका आगामी कार्ययोजनाबारे पनि निर्णय हुन सक्ने अपेक्षा गरिएको छ। साथै पछिल्ला राजनीतिक घटनाक्रम र प्रशासनिक विषयहरू पनि बैठकको एजेन्डामा रहेको बताइएको छ।



प्रतिक्रिया