अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीन सीमाका दुईसय नेपालीलाई चीन प्रवेश-प्रस्थानपत्र वितरण

चीन सीमाका दुईसय नेपालीलाई चीन प्रवेश-प्रस्थानपत्र वितरण


डोल्पा-जिल्ला प्रशासन कार्यालय डोल्पाको आयोजना तथा शे–फोक्सुण्डो गाउँपालिकाको सहकार्यमा नेपाल-चीन सीमा क्षेत्रका करिब २०० स्थानीय बासिन्दालाई प्रवेश तथा प्रस्थानपत्र वितरण गरिएको छ।

सीमावर्ती नागरिकको आवतजावत सहज र व्यवस्थित बनाउन गाउँमै सेवा शिविर सञ्चालन गरी आवश्यक प्रक्रिया पूरा गरेका स्थानीयलाई पत्र वितरण गरिएको हो। व्यापार, दैनिक उपभोग्य सामग्री खरिद तथा सामाजिक कामका लागि सीमापारि आवतजावत गर्न प्रवेश–प्रस्थानपत्र आवश्यक पर्ने प्रशासनले जनाएको छ।

भौगोलिक विकटताका कारण सदरमुकाम पुगेर सेवा लिनुपर्ने बाध्यता रहेका स्थानीयले गाउँमै सेवा पाएपछि सहज भएको बताएका छन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रशासनका कर्मचारी तथा स्थानीय बासिन्दाको सहभागिता थियो।