अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय सुनुवाइ समिति बैठक

अदालतबाट फैसला भइसकेका विषयमा पुनः बहस आवश्यक छैन: पद्मा अर्याल

अदालतबाट फैसला भइसकेका विषयमा पुनः बहस आवश्यक छैन: पद्मा अर्याल


काठमाडौं-नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले संसदीय सुनुवाइ समितिले सिफारिस गरिसकेका व्यक्तिहरूविरुद्ध परेका पुराना तथा अदालतबाट फैसला भइसकेका विषयमा पुनः छलफल गरिरहनु आवश्यक नरहेको बताएकी छन्।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै अर्यालले समितिले पर्याप्त अध्ययन, अनुसन्धान र मूल्यांकनपछि मात्रै सिफारिस गर्ने भएकाले उही विषयलाई बारम्बार उठाएर अल्झिन नहुने धारणा व्यक्त गरिन्।

उनले प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा नयाँ तथ्य, प्रमाण वा गम्भीर प्रकृतिका उजुरी आएमा समितिले त्यसलाई गम्भीरतापूर्वक ग्रहण गर्दै आवश्यक अनुसन्धान गर्नुपर्ने स्पष्ट पारिन्। समितिले गहन अध्ययनपछि नै सिफारिस गरेको हुँदा त्यसलाई ‘अपरिपक्व निर्णय’ भन्न नमिल्ने उनको भनाइ थियो।

उजुरीकर्ताले उठाएका कतिपय विषय अदालतमा विचाराधीन रहेर फैसला समेत भइसकेको उल्लेख गर्दै अर्यालले त्यस्ता विषयको समाधान न्यायिक प्रक्रियामार्फत नै खोजिनुपर्ने बताइन्।

उनले सिफारिस भइसकेका व्यक्तिका बारेमा नयाँ र गम्भीर विषय आएमा छलफलका लागि ढोका बन्द गर्न नहुने तर यसअघि नै उठिसकेका र टुंगो लागिसकेका विषयमा अनावश्यक समय खर्च गर्न नहुनेमा जोड दिइन्।