काठमाडौँ-भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ८४ जना नायब सुब्बाको सरुवा गरेको छ।
मन्त्रालयले शुक्रबार दुई छुट्टाछुट्टै निर्णय गर्दै नायब सुब्बा तहका ८४ कर्मचारीको सरुवा गरेको हो। सरुवा हुने कर्मचारीलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, इलाका प्रशासन कार्यालय तथा स्थानीय तहमा खटाइएको छ।
मन्त्रालयका अनुसार पहिलो निर्णयमा ४५ जना र दोस्रो निर्णयमा ३९ जना गरी कुल ८४ जना नायब सुब्बा सरुवामा परेका छन् । सरुवा हुने कर्मचारीमध्ये विभिन्न जिल्लाका मालपोत तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीसमेत छन् ।
कार्यालयहरूमा रहेको कर्मचारी अभाव पूर्ति गर्नुका साथै प्रशासनिक सेवा प्रवाहलाई थप प्रभावकारी र चुस्त बनाउने उद्देश्यले कर्मचारीहरूको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
सरुवा भएका कर्मचारीलाई मन्त्रालयले तोकिएको नयाँ कार्यालयमा तत्काल हाजिर हुन निर्देशनसमेत दिएको छ। नयाँ जिम्मेवारीअनुसार कर्मचारीहरू सम्बन्धित कार्यालयमा हाजिर भएपछि सेवा प्रवाहमा सहजता आउने मन्त्रालयको अपेक्षा छ।












प्रतिक्रिया