अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले बुझाए राजीनामा

गण्डकी सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले बुझाए राजीनामा


पोखरा-गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा बुझाउने मन्त्रीहरूमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, कृषि मन्त्री भीमबहादुर कार्की, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल तथा स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे रहेका छन्।

एमालेले सरकारबाट समर्थन फिर्ता लिएसँगै आफ्ना मन्त्रीहरूलाई पनि फिर्ता बोलाएको हो। सोही निर्णयअनुसार चारै मन्त्रीले पदबाट राजीनामा दिएका हुन्।

एमाले सरकारबाट बाहिरिएपछि गण्डकी प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक अवस्था सिर्जना भएको छ। प्रदेश सरकारको आगामी रणनीति तथा बहुमतको अवस्थाबारे चासो बढेको छ। एमालेको बहिर्गमनपछि मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार थप दबाबमा परेको राजनीतिक विश्लेषण गरिएको छ।