काठमाडौं- रसुवा बढीका कारणका रसुवाको ७ वटा र नुवाकोटको ६ वटा गरी जम्मा १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
नेपाल विद्युत् उत्पादक संघ (इप्पान)का अनुसार, रसुवाका प्रमुख जलविद्युत् आयोजना माथिल्लो त्रिशूली–१ लगायतका सात वटा र नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनालगायतका ६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको हो।
इप्पानका अनुसार रसुवाका प्रमुख जलविद्युत् आयोजनामध्ये माथिल्लो त्रिशूली–१ लगायत सात वटा आयोजना प्रभावित भएका छन्। त्यस्तै, नुवाकोटका त्रिशूली जलविद्युत् आयोजनालगायत ६ वटा आयोजनामा पनि बाढीले क्षति पुर्याएको छ।
बाढीका कारण कुल नौ वटा सञ्चालनमा रहेका जलविद्युत् आयोजना प्रभावित भएका छन्, जसको कुल क्षमता ३५४ मेगावाट रहेको छ। त्यस्तै, निर्माणाधीन पाँच वटा आयोजना, कुल ३९४ मेगावाट क्षमताका, प्रभावित भएको इप्पानले जनाएको छ।
क्षति पुगेका आयोजनामध्ये निजी क्षेत्रका सञ्चालनमा रहेका चार वटा आयोजनाको क्षमता २३१ मेगावाट र निर्माणाधीन तीन वटा आयोजनाको क्षमता ३४२ मेगावाट रहेको छ। त्यसैगरी, सरकारी स्वामित्वमा सञ्चालनमा रहेका चार वटा जलविद्युत् आयोजनामा पनि क्षति पुगेको इप्पानले जनाएको छ। ती आयोजनाको कुल क्षमता १२३ मेगावाट रहेको छ।


प्रतिक्रिया