देशका प्रमुख नदी तथा खोलामा जलसतह बढ्न थालेसँगै विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम बढेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कन्काई, कमला तथा यी नदीका सहायक नदीमा जलसतह सतर्कता तह नजिक पुगेको छ। पश्चिम राप्ती, बबई, कर्णाली, महाकालीलगायत नदीको बहाव भने सतर्कता तहभन्दा तल छ।
यसैगरी आज काठमाडौँसहित देशका अधिकांश जिल्लाका अन्य ससाना नदीमा पनि बाढी उर्लिने र जोखिम हुने सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।
बाढी महाशाखाले भनेको छ, ‘आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर ,महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रूपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी अर्घाखाँची, म्याग्दी, बागलुङ, पर्वत, रुकुमपूर्व, रुकुमपश्चिम, प्युठान, रोल्पा, सल्यान, डोल्पा, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’
यस्तै आज गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीहरूमा पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।







प्रतिक्रिया