काठमाडौँ-नेपाली कांग्रेसको सभापति पदमा किशोरसिंह राठौरले उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
कांग्रेसलाई एकताबद्ध बनाउने एजेण्डाका साथ आफूले सभापतिमा उम्मेदवारी घोषणा गरेको उनले पत्रकार सम्मेलनमा बताए। कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै मनोनयन दर्ताको कार्यक्रम छ।
कांग्रेसको सभापतिमा गगन थापा स्वाभाविक उम्मेदवार रहेका छन् भने सोमबार मात्रै श्यामकृष्ण खड्कीले पनि उम्मेदवारी घोषणा गरेका थिए ।



प्रतिक्रिया