अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस महाधिवेशन: उम्मेदवारी दर्ताको समय दुई घण्टा थप

कांग्रेस महाधिवेशन: उम्मेदवारी दर्ताको समय दुई घण्टा थप


काठमाडौं-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी उम्मेदवारी दर्ताको समय थप गरिएको छ।

यसअघि मंगलबार अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको भए पनि समय अपुग हुने देखिएपछि केन्द्रीय निर्वाचन समितिले दुई घण्टा थप गर्दै साँझ ६ बजेसम्म पुर्‍याएको हो।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहेकाले समय थप गरिएको हो।

कांग्रेसको १५औँ महाधिवेशनमा २५ जना पदाधिकारीसहित २९७ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुँदैछ। उम्मेदवारी दर्ता स्थलमा आकांक्षीहरूको चाप बढेपछि निर्वाचन समितिले दर्ता प्रक्रियालाई सहज बनाउन समयावधि थप गरेको जनाएको छ।

हाल उम्मेदवारी दर्ता गर्ने कार्य जारी रहेको छ।