पाँचथर-पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका जोड्ने तमोर नदीमाथि निर्माणाधीन हाक्पारा पुलको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ।
१४६ मिटर लामो निर्माणाधीन पुलको निरीक्षणमा कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, नेपाली कम्युनिष्ट पार्टीका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलगायत सहभागी थिए।
निरीक्षणका क्रममा टोलीले पुल निर्माणको वर्तमान अवस्था, निर्माणको प्रगति तथा आयोजनासँग सम्बन्धित विषयबारे जानकारी लिएको थियो।
तमोर नदीमाथि निर्माणाधीन उक्त पुलले पाँचथरको तुम्बेवा र तेह्रथुमको छथर गाउँपालिकालाई जोड्नेछ। पुल निर्माण सम्पन्न भएपछि दुई स्थानीय तहबीचको आवागमन सहज हुनुका साथै स्थानीय बासिन्दाको दैनिक जीवन, व्यापार व्यवसाय तथा समग्र क्षेत्रको आर्थिक गतिविधिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।






प्रतिक्रिया