अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आइतबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि वृद्धि

आइतबार बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि वृद्धि

appharu
0
Shares

काठमाडौं । साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि गत साताको अन्तिम कारोबार दिन शुक्रबार (माघ २३) गते छापावाल सुनको मूल्य तोलाको ९० हजार रुपैयाँ थियो ।

आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि गत साताको अन्तिम कारोबार दिन शुक्रबार (माघ २३) गते तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँ थियो ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार (माघ २३) गते भने सुनको मूल्यमा १ हजार १ सय रुपैयाँले गिरावट आएको थियो । गत बिहीबार (माघ २१) गते नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार १ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ थियो ।

गत साताको अन्तिम कारोबार दिन शुक्रबार (माघ २३) गतेको तुलनामा आइतबार चाँदीको मूल्य पनि केही बढेको छ । आइतबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १० रुपैयाँ रहेको छ ।

यसअघि गत साताको अन्तिम कारोबार दिन शुक्रबार (माघ २३ गते) नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ९० रुपैयाँ थियो ।