अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनको अयोध्यापुरीमा राख्न तयार भयो राम र सीताको मूर्ति बालुवाटारमा

चितवनको अयोध्यापुरीमा राख्न तयार भयो राम र सीताको मूर्ति बालुवाटारमा

appharu
0
Shares

काठमाडौं । चितवनको माडी अयोध्यापुरीमा राख्नका लागि राम र सीताको मूर्ति तयार भएको छ ।

कालीगढले तयार पारेको मूर्ति प्रधानमन्त्री निवास बालुवाटारमा ल्याएर राखिएको छ ।

राम र सीताको मूर्ति तयार भएको छ भने लक्ष्मण र हनुमानको मूर्ति भने तयार हुन बाँकी रहेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीले माडीमा आफैं गएर त्यसको प्राण प्रतिष्ठा गराउने बताउँदै आएका छन् ।

रामको जन्मभूमि भारतको अयोध्यामा नभई माडीको अयोध्यापुरीमा रहेको दाबी प्रधानमन्त्री ओलीले गरेका थिए । उनको यस्तो भनाइ सार्वजनिक भएसँगै यसबारे भारत र नेपालमा चर्चा चलेको थियो भने भारतीय हिन्दूहरुले ओलीको चर्को आलोचना गरेका थिए ।