अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालिज फर्ममा चितुवा पसेर सयबढी कालिज मार्यो, चितुवा भगाउन ५ घण्टा लाग्यो

कालिज फर्ममा चितुवा पसेर सयबढी कालिज मार्यो, चितुवा भगाउन ५ घण्टा लाग्यो

appharu
0
Shares

पाल्पा । पाल्पामा व्यावसायिक रुपमा कालिजपालन गरिंदै आएको फर्ममा चितुवाले आक्रमण गर्दा एक सयबढी कालिज नष्ट गरेको छ ।

तानसेन नगारपालिका वडा नं. ५ को ढुंगाखानी नजिकैको कालिज फर्ममा भएको काफलको रुखबाट पसेको चितुवाले सयबढी कालिज मारेको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले जानकारी दिए ।

रातीको समयमा अन्जानमा फसेको चितुवालाई नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा फर्मबाट बाहिर निकालिएको रेन्जर पोखरेलले बताए ।

जिल्लामा चितुवालाई नियन्त्रण लिने साधन र दक्ष जनशक्ती नभएको हुँदा झन्डै ५ घण्टाको प्रयासपछि चितुवालाई जंगलमै छाडिएको छ । बिहान कालिजलाई दाना दिने क्रममा चितुवा देखेपछि स्थानयिले वन कार्यालयमा सम्पर्क गरेको थिए ।

कालिजले फर्ममा रहेका सयबढी कालिज नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पा यसअघि पनि दुम्सीलाई पारेको पासोमा अल्झिएको चितुवालाई नियन्त्रण् गर्ने साधन नहुँदा पासोसँगै चितवन राष्टिय निकुञ्जमा छाडिएको थियो ।

घाईते चितुवालाई समयमा उपचार गर्न दक्ष जनशक्ति नभएको हुँदा उक्त चितुवा केही महिनामै मरेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।