अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चन्द्रागिरि हिल्सको सेयरमा लगानीकर्ताको ओइरो, सूचिकृत सेयरभन्दा बढी माग

चन्द्रागिरि हिल्सको सेयरमा लगानीकर्ताको ओइरो, सूचिकृत सेयरभन्दा बढी माग

appharu
0
Shares

काठमाडौं । चन्द्रागिरि हिल्सको दोस्रो बजारमा सेयर कारोबार आइतबारदेखि शुरु भएको छ ।

कम्पनीको सेयर खरिदमा दिउँसोसम्म १५ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर खरिदका लागि माग आएको छ ।

कुल १५ लाख ३४ हजार ९१० कित्ता आइपीओ नेप्सेमा शुक्रबार सूचिकृत भएको थियो ।

आइतबारदेखि मात्रै कारोबार सुरु भएको सो कम्पनी दिउँसो पौने २ बजेसम्म ३ वटा मात्रै कारोबार भएको देखिएको छ । सो कारोबार मार्फत् ४ हजार ८ सय ६० रुपैयाँ बराबरका ३० कित्ता सेयरको मात्रै खरिदबिक्री भएको छ ।

कम्पनीको सेयर कारोबारका लागि शुरुवाती मूल्य न्यूनतम ९६.६९ रुपैयाँदेखि अधिकतम २९०.०७ रुपैयाँसम्मका लागि तोकिएको थियो । आइतबार कारोबार शुरु हुँदा १६१ रुपैयाँबाट शुरुवात भएको थियो ।