अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेप्सेले बनायो नयाँ रेकर्ड, कारोबार पनि हालसम्मकै उच्च

नेप्सेले बनायो नयाँ रेकर्ड, कारोबार पनि हालसम्मकै उच्च

appharu
0
Shares

काठमाडौं । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४८ दशमलव ७४ अंकले बढेर २५२४को बिन्दुमा पुगेको छ।

यो अंक हालसम्मकै उच्च हो। नेप्सेमा आज भएको कारोबारले पनि नयाँ रेकर्ड कायम गरेको छ।

आज १७३७३३६१ कित्ता सेयर १०३४९६१२९७९.१ रुपैयाँमा कारोबार भइर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २०२ कम्पनीको सेयर किनबेच भएको हो।

‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.३० अंकले बढेर ४५९.३२ बिन्दुमा पुगेको छ।

आज सबैभन्दा धेरै गणपति माइक्रो फाइनान्स वित्तिय संस्था लिमिटेडका सेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए। यस्तै, डिप्रोक्स, सारथी नेपाल, आरएसडिसी, मेरो, निर्धन उत्थान लघुवित्तको मूल्य पनि १० प्रतिशतले बढेको छ। मञ्जुश्री फाइनान्स, नागरिक लगानी कोषको मूल्य पनि १० प्रतिशतले बढ्यो।

आज नेपाल फाइनान्सको सेयर मूल्य भने सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ।