अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकैदिन १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

एकैदिन १ हजार रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं- नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ घटेको छ । शुक्रबार छापावाला सुन प्रतितोला ८८ हजार २ सय  र तेजाबी सुन प्रतितोला ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।