अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालोपत्रे हुँदै कालीकोटको कोटबाडा विमानस्थल

कालोपत्रे हुँदै कालीकोटको कोटबाडा विमानस्थल


कालीकोट- नरहरिनाथ गाँउपालिका-१ मा रहेको कोटबाडा सुनथराली विमानस्थल कालोपत्रे गर्ने काम थालिएको छ । ३८ वर्षदेखि निर्माणधिन विमानस्थल कालोपत्रे सुरु भएको हो ।

चालू आर्थिक वर्षभित्रै नियमित उडान गर्ने गरी तयारीका साथ विमानस्थल कालोपत्रे भइरहेको छ । विमानस्थलको घेरबार र धावनमार्ग निर्माण गर्ने काम सकिसकेको विमानस्थलका निर्माण व्यवसायी पदमबहादुर खड्काले बताउनुभयो ।

‘पिच गर्ने काम सुरु गरेका छौँ । निर्माणमा अवरोध नभएमा आउने वैशाखसम्म विमानस्थलको काम पूरा गरेर हस्तान्त्रण गर्ने तयारी छ ।’ उहाँले भन्नुभयो, ‘सरकारसँग १२ करोड ३५ लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी गत साउनमा ठेक्का सम्झौता गरेको थियौँ ।’

विसं २०७३ माघ २९ गते परीक्षण उडान भएको विमानस्थलमा अहिलेसम्म नियमित उडान हुनसकेको छैन् । विमानस्थलको कालोपत्रे गर्न कार्य भइरहेकाले नियमित उडानका लागि अब धेरै समय कुर्ने नपर्ने गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो ।

‘विमानस्थलको काम हालसम्म जम्मा ६५ प्रतिशत सम्पन्न भइसकेकोे छ,’ उहाँले भन्नुभयो । एक पटक परीक्षण उडान भएको र त्यसभन्दा यता नियमित उडान हुन नसकेको उहाँको भनाइ थियो ।

विमानस्थल कालोपत्रे भए चाँडै नियमित उडानका लागि पहल थालिने गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिनुभयो ।