अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अफगानिस्तानको काबुलमा विस्फोट, पाँच जनाको मृत्यु

अफगानिस्तानको काबुलमा विस्फोट, पाँच जनाको मृत्यु


काबुल- अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्ष्य गर्दै भएको विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ ।

मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् । साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका काबुलको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ बजे भएको थियो ।

दोस्रो विस्फोट १५ मिनेट पछि भएको थियो, भने तेस्रो विस्फोटन शनिबार बिहान १०ः२० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले बताउनुभएको छ ।