अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिला लघुवित्तको आईपीओ कहिले बाँडफाँड ?

महिला लघुवित्तको आईपीओ कहिले बाँडफाँड ?


काठमाडौं- महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड यही साता हुने भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार यही साताको शुक्रबार वा शनिबारसम्ममा महिला लघुवित्तको आईपीओ बाँडफाँड हुने भएको हो ।

यो लघुवित्तले गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् ।

यो आईपीओमा सर्वसाधारणबाट हालसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ । मागभन्दा ६० गुणा बढी आवेदन परेकाले आईपीओको बाँडफाँड गोलाप्रथाबाट हुनेछ । गोलाप्रथाबाट ३७ हजार ५ सय लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन् ।