अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकै दिन ११ सयले उकालो लाग्यो सुनको मूल्य

एकै दिन ११ सयले उकालो लाग्यो सुनको मूल्य


काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा १ हजार रुपैयाँभन्दा बढीले सुधार आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार ९ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५ सय ५० मा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । तेजाबी सुनसमेत तोलामा १ हजार १ सय रुपैयाँले उकालो लागेको हो ।

चाँदीको मूल्यमा समेत आज २५ रुपैयाँले वृद्धि भएको छ । तोलामा १ हजार ३ सय ३५ रुपैयाँमा सोमबार कारोबार भएको चाँदी आज भने १ हजार ३ सय ६० रुपैयाँ मूल्य कायम भएको छ ।