अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्याप्त तरकारी उत्पादन गरे बजार अभाव हुँदैन : प्रधानमन्त्री ओली

पर्याप्त तरकारी उत्पादन गरे बजार अभाव हुँदैन : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले किसानले पर्याप्त कृषि उत्पादन गरे बजारको अभाव नहुने बताउनुभएको छ । बुधबार कृषि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एक डोको गोलभेंडा, एक डोको भन्टा, एक डोको चिप्ले भिन्डी उत्पादन गरेर बजार पाइनँ भनेर हुँदैन । धेरैधेरै उत्पादन गरे सरकार ढुवानी गर्न बाटो पनि बनाउँछ ।’

साथै, उहाँले आफ्नो उत्पादनभन्दा नक्कली कुरातिर आकर्षित भएकाले समस्या भएकोसमेत बताउनुभयो ।

‘हामीलाई लामालामा सिता हुने चामल चाहिन्छ । त्यसमा हरिया टमाटर काटेर जिरा हालेर पाहुनालाई दिँदा सान बढेजस्तो लाग्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अनि हामीलाई त्यो भात होइन भुजामा परिणत भएजस्तो लाग्छ र खाने होइन ज्युनार गर्नेजस्तो लाग्छ ।’

उहाँले लामो चामलमा पूरानो चामललाई पेलेर बनाउने भएकाले पौष्टिक तत्व नहुने बताउनुभयो । ‘शास्त्रमा पहिलो वर्षको अन्न बिउका लागि, दोस्रो वर्षको खानाका लागि र तेस्रो वर्षको होम यज्ञमा हवन गर्नु भनेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘लामो चामल त झन् पाँच वर्ष पूरानो हुन्छ ।’