अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईपीओको नतिजा तीन ठाउँबाट मात्रै हेर्न पाइने

आईपीओको नतिजा तीन ठाउँबाट मात्रै हेर्न पाइने


काठमाडौं- प्राथमिक शेयर तथा आईपीओको नतिजा अब तीन ठाउँबाट मात्रै हेर्ने व्यवस्था गरिएको छ ।

गुनासोको सम्बोधन गर्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेडले तीन ठाउँबाट मात्रै आईपीओको नतिजा हेर्न मिल्ने गरी विनियमावलीमा परिवर्तन गरेको हो ।

अब सम्बन्धित कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट मात्रै नतिजा हेर्न पाइनेछ । अब सञ्चारमाध्यमले आईपीओको नतिजाको पूरै विवरण राख्न पाउने छैनन् । यसका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गरिसकिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

शुक्रबार बाँडफाँड हुने महिला लघुवित्तको नतिजादेखि नै यो नियम लागू हुने छ । यसअघि विभिन्न सञ्चारमाध्यमबाट पनि आईपीओको नतिजा हेर्न मिल्ने व्यवस्था रहेकोमा गोपनीयताको विषयमा प्रश्न उठेको थियो ।