अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच सय रुपयाँले घट्यो सुनको मूल्य

पाँच सय रुपयाँले घट्यो सुनको मूल्य


काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा ८८ हजार ८ सयमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजाबी सुन बिहीबार तोलामा ८८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदी तोलामा २० रुपैयाँले घटेको छ ।

१ हजार ३५५ रुपैयाँमा बिहीबार कारोबार भएको चाँदी आज भने १ हजार ३ सय ३५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।