अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य आज ५ सय रुपैयाँले घट्यो

सुनको मूल्य आज ५ सय रुपैयाँले घट्यो


काठमाडौं- आइतबार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । छापावाल सुन प्रतितोला आज ८८ हजार ३ सयमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

यस्तै, तेजाबी सुन आज ८७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तेजाबी सुन तोलामा ८८ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा १ हजार ३ सय ३५ मा कारोबार भएको चाँदी आज भने १ हजार ३२५ मा कारोबार हुने गरी मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।