अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१ हजार रुपैयाँले घट्यो आज सुनको मूल्य

१ हजार रुपैयाँले घट्यो आज सुनको मूल्य


काठमाडौं- नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजारले ओरालो लागेको छ । तोलामा ८७ हजार ५ सय रुपैयाँमा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, बुधबार ८७ हजार ५० रुपैयाँमा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा ८६ हजार ५० रुपैयाँ मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साथै, बुधबार १ हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा १ हजार २८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।