अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली

नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभएको छ । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षर कार्यक्रम’लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालमा अब हिंसात्मक द्वन्द्ध नभएको बताउनुभएको हो ।

‘आज ऐतिहासिक काम भएको छ । अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । नेपालमा अब हिंसात्मक द्वन्द्ध छैन,’ उहाँले भन्नुभयो, ‘नेपालमा अब हिंसात्मक बाटो, हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले अवलम्बन गरेको छैन ।’

साथै, उहाँले मूलधारको राजनीतिमा आउनुभएकोमा विप्लवलाई बधाई दिनुभयो ।

‘साहसिक कदम चाल्नुभएको विप्लव जीलाई बधाई, स्वागत र शुभकामना छ । राज्य र पार्टीको तर्फबाट धन्यवाद दिन्छु,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो ।