अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा संसदीय दलको बैठक सकियो, आज ११५ सांसदको उपस्थिति

नेकपा संसदीय दलको बैठक सकियो, आज ११५ सांसदको उपस्थिति


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाका ९१ र राष्ट्रिय सभाका २४ गरी ११५ सांसदको उपस्थिति रहेको सांसद रेखा झाले जानकारी दिनुभयो ।

संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले उत्साहकासाथ अघि बढ्न सांसदहरूलाई आग्रह गर्नुभयो ।

साथै, बैठकमा उहाँले आफूहरू देश र जनताको पक्षमा रहेकाले चिन्ता लिनुपर्ने कुनै कारण नभएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार र पार्टीको पक्षमा एकतावद्ध र सक्रिय भूमिका निर्वाह गर्न सांसदहरूलाई निर्देशन समेत दिनुभयो ।

दिउँसो ३ बजेबाट सुरु भएको नेकपा संसदीय दलको बैठक डेढ घण्टा बसेको हो । आइतबार बस्ने संसद बैठकमा दलको तर्फबाट गरिएको छलफल र निर्देशनका आधारमा सांसदहरूले आफ्नो भूमिका निर्वाह गर्ने बताइएको छ ।