अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हामीसँग हातहतियार छैन : नेता बास्तोला

हामीसँग हातहतियार छैन : नेता बास्तोला


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का नेता धर्मेन्द्र बास्तोलाले आफूहरूसँग हातहतियार नरहेको बताउनुभएको छ ।

सरकारसँग तीन बुँदे सहमति गरी बिहीबार औपचारिक रूपमा सार्वजनिक हुनुभएका दलका नेता बास्तोलाले त्यस्तो दाबी गर्नुभयो ।

शनिबार एक साक्षात्कार कार्यक्रममा नेता बास्तोलाले सरकारसँग आफ्नो दलको सहमति भएकाले अग्रगामी हिसाबले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । अहिलेकै राजनीतिक व्यवस्थालाई वैज्ञानिक बनाई अगाडि बढिने उहाँले बताउनुभयो ।

आफूहरूले वैज्ञानिक समाजवादको पक्षमा रहेको भएपनि अहिलेकै व्यवस्थालाई सुधार गर्दै त्यहाँसम्म पुग्न सकिने उहाँले बताउनुभयो । देशमा राजनीतिक तथा आर्थिक परिवर्तन भएमा देश र जनता दुवैलाई फाइदा हुने भएर आफूहरु शान्ति प्रक्रियामा आएको नेता बास्तोलाले बताउनुभयो ।

लोकतान्त्रिक प्रक्रियाअनुसार राजनीतिक मूलधारमा आएरै देश र जनताको पक्षमा काम गर्न सकिने उद्देश्यसाथ आफूहरु शान्ति प्रक्रियामा आएको बताउनुभयो । शान्तिप्रक्रियामा आएपनि नेकपाले हातहतियार बुझाउने सहमति नगरेकोभन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेकाबेला नेता बास्तोलाले आफूहरुसँग हतियार नभएको प्रष्ट पार्नुभयो ।