अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली बहस टिप्पणी

नेकपाका माननीयहरु राजीतिक यात्रा यहीँ टुंग्याउने कि अघि बढाउने ?

नेकपाका माननीयहरु राजीतिक यात्रा यहीँ टुंग्याउने कि अघि बढाउने ?


संसदको आजको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सांसदहरुलाई बालुवाटारमा निमन्त्रणा गर्नुभएको छ । प्रधानमन्त्रीले सांसदहरुलाई बालुवाटारमा बोलाउने कुरा नयाँ नभए पनि अहिले समयको कारण गर्दा यस बिषयलाई चासोका साथ हेरिएको छ ।

अहिलेको समय यस्तो छ कि नेकपामा प्रधानमन्त्री ओली र प्रचण्ड–माधवको पक्षमा कति सांसद हुन्छन् भन्ने कुराको गणीतीय हिसाबकिताब भइरहेको छ । सायद आजको संसद बैठकमा त नेकपाका सांसदले पक्ष विपक्षमा नबसीसत्ता पक्षमा बेञ्चमा बस्लान् तर यो समय लामो हुने देखिँदैन । केही दिन पछि त छुट्टिनु नै छ । त्यसैले अब नेकपाका सांसदहरुलाई कुन पक्षलाई साथ दिने, कसलाई साथ दिए राजनीतिक भविष्य सुरक्षित होला भनेर मनन गर्ने अन्तिम समय आएको छ ।

सांसदहरुले आजको दिनमा २०७४ सालका कात्तिक र मंसिरका दिनहरु मात्र सम्झिए भने पनि कसको पक्षमा लाग्ने भन्ने कुरामा द्विविधा हुँदैन । सायद नेकपाका कमै मात्र सांसदहरु हुनुहुन्छ जसको क्षेत्रमा पुगेर केपी शर्मा ओलीले मत नमागेको होस् । उ बेलै चर्चा चलेको थियो, पूर्वको ताप्लेजुङदेखि पश्चिमको डडेलधुरासम्म केपी शर्मा ओलीले मत माग्न दौडधुप गर्नुभएको हो । तत्कालिन माओवादीका धेरैजना उम्मेदवारसँग उहाँको चिनजानको अभाव थियो । तर पनि उहाँले ती उम्मेदवारको बारेमा आमसभाहरुमा धेरै प्रशंसा गरिदिनुभएको थियो । जसले उहाँहरुलाई चुनाव जित्न सजिलो भएको थियो ।

२००७ सालदेखि नै नेपालमा स्थिर अर्थात् पाँच वर्षसम्म एउटै सरकार नटिकेको यथार्थ ओलीले पटक पटक भन्नुभएको हो । यो कुरालाई उहाँले तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा पुगेर पनि दोहोर्‍याउनु भएको थियो ।

नेकपाका सबै सांसदहरुलाई थाहा छ २०७४ सालको निर्वाचनमा तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओलीको देश दौडाहाले चुनाव जितिएको हो । उहाँका विकास, समृद्धि र समानताका कुरा सुनेर हालेका मतका कारण धेरैजनाको नाम समानुपातिक सुचीमा अडिएको हो । २००७ सालदेखि नै नेपालमा स्थिर अर्थात् पाँच वर्षसम्म एउटै सरकार नटिकेको यथार्थ ओलीले पटक पटक भन्नुभएको हो । यो कुरालाई उहाँले तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा पुगेर पनि दोहो¥याउनु भएको थियो । त्यस बेला ओलीले भन्नुभएको थियो–

हामीले हेर्‍यौँ भने २००७ सालभन्दा यता पाँच वर्ष कुनै सरकार टिकेको छैन । तीन वर्ष सरकार टिक्न पाउँदैन । यता आएर त सरकार आलोपालो नौ नौ महिना कागज, तमसुक गरेर दिएको हुन्छ । यस अवस्थालाई कसरी अन्त्य गर्ने ? हामी वामपन्थी एक ठाउँ भएपछि यो अवस्थाको अन्त्य हुन्छ । एमाले माओवादी केन्द्र एक ठाउँ भएपछि यो कहानी समाप्त भयो ।

प्रधानमन्त्रीले पूर्णकालिन रुपमा सरकार नटिक्ने अवस्थाको अन्त्य भयो भनेर सम्झाएका प्रचण्ड नै अहिले कुबेलामा सरकार ढाल्ने अग्रपंक्तिमा हुनुहुन्छ । अरुले अस्थिर भनेका प्रचण्डलाई ओलीले त्यसबेला गतिशिल भनिदिनु भएको थियो । तर प्रचण्डकोे नानीदेखि लागेको बानीले देशको स्थिरताको यात्रा फेरि एक पटक अवरुद्ध पार्न खोेजिँदैछ । त्यसकारण नेकपाका सांसदहरुले अब रोज्नुपर्ने हुन्छ अस्थिरता कि स्थिरता ? लाग्छ, धेरै जना विवेकशील माननीयहरुले स्थिरता नै रोज्नुहुनेछ ।

प्रधानमन्त्रीले पूर्णकालिन रुपमा सरकार नटिक्ने अवस्थाको अन्त्य भयो भनेर सम्झाएका प्रचण्ड नै अहिले कुबेलामा सरकार ढाल्ने अग्रपंक्तिमा हुनुहुन्छ । अरुले अस्थिर भनेका प्रचण्डलाई ओलीले त्यसबेला गतिशिल भनिदिनु भएको थियो । तर प्रचण्डको नानीदेखि लागेको बानीले देशको स्थिरताको यात्रा फेरि एक पटक अवरुद्ध पार्न खोजिँदैछ । त्यसकारण नेकपाका सांसदहरुले अब रोज्नुपर्ने हुन्छ अस्थिरता कि स्थिरता ? लाग्छ, धेरै जना विवेकशील माननीयहरुले स्थिरता नै रोज्नुहुनेछ ।

शायद धेरै माननीयको मनमनमा स्थिरता नै होला । स्थिरता चाहनेले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गरेर व्यवहारमा नै आफू स्थिरताको पक्षधर भएको सिद्ध गर्नुपदर्छ । यदि कुनै भुलभूलैया वा प्रलोभनमा परेर अस्थिरताको पक्षमा मतदान गरे त्यसको परिणाम के होला ? सरकार बनाउने र भत्काउने खेलमा पार्टीहरु लाग्नेछन् । आफूसँग करिब दुई तिहाइ मत हुँदाहुँदै कांग्रेसको थाप्लामा सत्ताको बागडोर थमाइदिनु पर्नेछ ।

अब सांसदहरुले अर्को पनि एउटा प्रश्नको जवाफ दिनुपर्नेछ । तपाईंहरु एक चोटीका लागि मात्र सांसद हुने कि पटक–पटक हुने ? अब दुई वर्षपछि नेपालमा कम्युनिस्ट सत्ताको अन्त्य गर्ने कि २० वर्षसम्म निरन्तर सरकारमा रहने ? अर्को चुनावमा पनि प्रतिपस्र्धा गर्ने र जितेर आउने हो भने स्थिरताका पक्षमा उभिनुपर्दछ । राजनीतिक सफलतालाई यसै विन्दुमा टुंग्याउने हो भने अस्थिरतालाई रोजे पनि केही फरक परेन । तर नेकपाका विवेकशील माननीयहरुले पहिलो अर्थात स्थिरताको बाटो नै रोज्नुहुन्छ भन्ने धेरैको विश्वास छ । र, यो पनि सोच्नुस्– दुई वर्षपछि चुनावमा जाँदा स्थिरताको पक्षमा मत माग्ने नैतिक धरातल तपाईंसँग रहला त ?