अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले बोलाउनुभयो संसदीय दलको बैठक

प्रधानमन्त्रीले बोलाउनुभयो संसदीय दलको बैठक


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार संसदको बैठक सकिएपछि बालुवाटारमा पार्टीका सांसदहरूलाई बैठकका लागि बोलाइएको हो ।

प्रधानमन्त्रीले हिजो नै संसद बैठक सकिएपछि सांसदहरूलाई बालुवाटारमा बोलाउनु भएको थियो ।

नेकपा नामको विषयमा सर्वोच्चले केही घण्टा अघि फैसला गरेपछि नेकपाको राजनीतिले नयाँ मोड लिएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रचण्ड-माधवतिर लागेका एमालेका सांसदहरू जान्छन् कि जाँदैनन् उत्सुकतापूर्वक हेरिएको छ ।

बैठकमा आउन नेकपाका सबै सांसदलाई खबर गरिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।