अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको बैठक : सभामुखको भूमिकाप्रति गम्भीर आपत्ति

एमाले संसदीय दलको बैठक : सभामुखको भूमिकाप्रति गम्भीर आपत्ति


काठमाडौं- नेकपा संसदीय दलको आइतबार साँझ बसेको बैठकले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति गम्भीर आपत्ति जनाएको छ ।

सभामुख सापकोटाले एक पक्षीय भूमिका निर्वाह गरेको, कार्य व्यवस्था समितिको बैठक नराखेको, प्रचण्डको आग्रहमा डेढ घण्टा बैठक पछि धकेलेको, कार्यसूचीमा अनावश्यक विवाद गरेको लगायतका विषयमा बैठकले गम्भीर आपत्ति जनाएको नेकपाका केन्द्रीय सदस्य एवं प्रेस संगठनका इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

‘सभामुखको भूमिका दलगत राजनीतिबाट निर्देशित, स्वार्थ प्रेरित, सभामुखको मर्यादा आचरण र अनुशासनभन्दा विपरित रहेको दलको बैठकले निष्कर्ष निकालेको छ,’ गौतमले भन्नुभयो, ‘सभामुखलाई आगामी दिनमा यस्ता हर्कत नदोहोर्‍याउन आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।’

मुद्दा ऋषि कट्टेलले जित्नुभएको हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा ऋषि कट्टेलले मुद्दा जितेको बताउनुभएको छ । नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । अदालतको फैसलाले आफूहरूलाई नेकपा (एमाले)को हैसियत दिएको बताउनुभो ।

‘अदालतको फैसलाको सम्मान गर्दै हामीले केही प्राविधिक कुराहरू मिलाउनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ उदृद गर्दै सांसद देवेन्द्र दाहालले नेपाली बहस डट कमसँग भन्नुभयो ‘पूर्वमाओवादी केन्द्रबाट आउनुभएका साथीहरूको भावनालाई समेत समेटेर भावी रणनीति तयार गरिने छ ।’

सभामुखको भूमिकामा गम्भीर आपत्ति

सांसद दाहालका अनुसार कतिपय सांसदलाई बोल्न दिएको कतिपयलाई बोल्न समय माग्दा पनि नदिएको विषयमा पनि बैठकले आपत्ति जनाएको छ ।

‘भीम रावललाई तीन मिनेट समय दिएकोमा उनले मलाई समयको मतलब छैन आफ्ना कुरा राख्छु भन्दा सभामुखले उहाँलाई रोक्नु भएन,’ दाहालले भन्नुभयो ‘चार बजेलाई बोलाएको बैठक प्रचण्डको दबाबमा डेढ घण्टासम्म रोकेपछि प्रधानमन्त्री बैठकमा नबसी बाहिरिनु भएको हो । सभामुखको यस प्रकारको भूमिकाप्रति बैठकले भत्सर्ना गरेको छ ।’