काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पेरिसडाँडामा केहीबेरअघि सुरु भएको हो ।
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा आगामी रणनीतिबारे छलफल गर्न प्रचण्ड-नेपाल समूहले बैठक बोलाएको हो
आइतबार नै प्रचण्ड-नेपाल समूहले फैसलापछिको अवस्थाबारे कानुन व्यवसायीसँग छलफल गरेको थियो । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागिता थियो ।
स्थायी कमिटी बैठकमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरू छन् ।
प्रतिक्रिया