अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-नेपाल समूहको बैठकबाट बाहिरिनुभयो घनश्याम भुसाल

प्रचण्ड-नेपाल समूहको बैठकबाट बाहिरिनुभयो घनश्याम भुसाल


काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसाल स्थायी समितिको बैठकको बीचमै बाहिनु भएको छ ।

पेरिसडाँडा जारी स्थायी समितिको बैठकको बीचमै उहाँ बाहिरिनु भएको हो । भुसाल बैठकबाट बाहिरिनुको कारण भने खुल्न सकेको छैन ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा भुसालले बैठकबाट बाहिरिनुको कारण बताउन इन्कार गर्नुभयो । उहाँ बाहिरिए पनि बैठक भने जारी नै रहेको छ ।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा आगामी रणनीतिबारे छलफल गर्न प्रचण्ड(नेपाल समूहको स्थायी समिति बैठक बसिरहेको हो ।