अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा मकवानपुरको पार्टी कार्यालयमा राखियो एमालेको बोर्ड

नेकपा मकवानपुरको पार्टी कार्यालयमा राखियो एमालेको बोर्ड


मकवानपुर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरको पार्टी कार्यालयमा नेकपा एमालेको होर्डिङ बोर्ड राखिएको छ । सर्वोच्च अदालतले आइतबार नेकपाको नामसम्बन्धी विवादमा ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि पार्टी कार्यालयमा नेकपा एमालेको होर्डिङ बोर्ड राखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता तथा कार्यकर्ताले हेटौँडा उपमहानगरपालिका-५ पुष्पलालपार्कस्थित नेपाल कम्युनिष्ट पार्टी नेकपा० को पार्टी कार्यालयमा सोमबार नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका हुन् ।

आइतबार साँझ पूर्वएमालहरूले सर्वोच्चको फैसलालाई स्वागत गर्दै हेटौँडामा विजय र्‍यालीसहित दीप प्रज्वलनसमेत गरेका थिए ।