अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘पार्टी एकताका लागि ओली र प्रचण्डले फेरि पनि कुरा गर्नुपर्छ’

‘पार्टी एकताका लागि ओली र प्रचण्डले फेरि पनि कुरा गर्नुपर्छ’


काठमाडौं- नेकपा नेता रघुजी पन्तले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच पार्टी एकताका लागि छलफल हुनुपर्ने बताउनुएभएको छ ।

पेरिसडाँडामा जारी प्रचड-माधव समूहको स्थायी समिति बैठकबाट निस्किनुभएका पन्तले एकतालाई जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गर्नुपर्ने बताउनुभएको हो ।

‘एकतालाई जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गरौँ । मैले पनि त्यही कुरा गरे,’ नेता पन्तले सञ्चारकर्मीसँग भने, ‘अदालतको फैसला आएको छ एकतालाई अघि बढाउने सम्भावना छ भने ओली र प्रचण्डले फेरि पनि कुरा गरेर पहल थाल्नुपर्छ ।’