अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिजोका तितामिठा बिर्सेर आत्मीयताका साथ अघि बढौँ : एमाले नेतृहरू

हिजोका तितामिठा बिर्सेर आत्मीयताका साथ अघि बढौँ : एमाले नेतृहरू


काठमाडौं- नेकपा (एमाले)का दुई नेतृहरूले पार्टी विभाजनको क्रममा भएका तितामिठालाई बिर्सेर आत्मीयताका साथ अघि बढ्न आग्रह गर्नुभएको छ ।

नेकपामा माओवादी केन्द्रले माधव नेपाललगायतका एमाले नेताहरूलाई पेरिसडाँडाँबाट बिदाइ गरेलगत्तै नेतृहरू नीरुदेवी पाल र शान्ता चौधरीले यस्तो आग्रह गर्नुभएको हो ।

संसदको महिला तथा बालबालिका समितिका सभापति एवं युवा संघ नेपालका पूर्वअध्यक्ष पाल र एमाले संसदीय दलका सचेतक चौधरीले फेसबुकमा स्टाटस लेख्दै यस्तो आग्रह गर्नु भएको हो ।

पालले नेताहरूलाई सम्मान गर्न र मजबुद एमाले बनाउन सबैलाई आग्रह गर्नु भएको छ । उहाँले राजनीतिमा असम्भव केही नहुने भन्दै कसैलाई पनि नआत्तिन र नमात्तिन आग्रह गर्नु भएको छ । ‘हामीले नेकपा (एमाले)का सबै नेताहरूलाई सम्मान गरौँ । कसैको पनि हाम्रो बोलीले, व्यवहारले चित्त नदुखाँउ । अग्रजहरूलाई सम्मान गरौँ । हिजोसम्मका तितामिठा बिर्सेर आज उप्रान्तआत्मीयताका साथ अगाडि बढौँ ।’

यस्तै, सचेतक चौधरीले राजनीतिक जीवनमा आरोहअवरोह आउनुलाई स्वभाविक मान्नुपर्ने बताउनु भएको छ । चौधरीले परिवर्तनको महान जिम्मेवारी आत्म्बोध गर्दै माधवकुमार नेपाललगायतका सम्पूर्ण नेताहरूलाई नेकपा (एमाले)मा पुनः एकीकृत हुँदै अघि बढ्ने निर्णय स्वागतयोग्य भएको उल्लेख गर्नुभएको छ ।

‘हामी सबै एकै घरमा छौँ र एक परिवार भएर अघि बढ्ने छौँ । कुनै पूर्वाग्रहबिना देश र जनतालाई सर्वोपरी राखेर अघि बढ्नु अहिलेको मुख्य आवश्यकता हो,’ चौधरीले लेख्नु भएको छ, ‘कमरेड बादललगायतका कमरेडहरू यो अभियानमा नेतृत्वमा हुनुहुन्छ । सबैलाई उचित जिम्मेवारी र सम्मान प्रदान गर्दै एक ढिक्का भएर देशलाई अस्थिरतातर्फ उन्मुख हुनबाट जोगाउनु हाम्रो अहिलेको दायित्व हो ।’