अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीमा एकमात्र छन् माधव नेपालका सांसद !

गण्डकीमा एकमात्र छन् माधव नेपालका सांसद !


काठमाडौं– सर्वोच्च अदालतले एमाले र माओवादीको एकीकरण खारेज गरेसँगै गण्डकीमा माधव नेपाल समूहको बिजोग देखिएको छ ।

गण्डकी प्रदेश सभामा नेपाल पक्षमा एकजना मात्र सांसद बागलुङका इन्द्रलाल सापकोटा छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा ४० जना नेकपाका हुन् । ४० मध्ये २७ जना तत्कालीन एमाले, १२ जना माओवादी, तीनजना राजमो र दुई जना जसपाका हुन् ।

तत्कालीन एमालेका २७ सांसदमध्ये एकजना सांसद बागलुङका इन्द्रलाल सापकोटा मात्रै नेपाल पक्षका छन् । उनी युवा संघको केन्द्रीय राजनीति छाडेर जिल्ला गएका थिए ।