काठमाडौं– राष्ट्रिय सभा सांसद कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गर्नुभएको छ ।
पन्तले पिँडुला देखाएर सांसद भएको टिप्पणी गरेपछि वली अदालत जानुभएको हो । उहाँले अदालतले गर्ने निर्णय आत्मसात् गर्ने बताउनुभयो ।
नेपाली बहससँग संक्षिप्त कुरा गर्दै वलीले आफ्नो आत्मसम्मानमा चोट पुगेकाले अदालतसम्म पुगेको बताउनुभयो । ‘राष्ट्रिय सभा सदस्य भएकाले न्यायका लागि आफूले बोल्न नसके कसले बोल्छ ?,’ उहाँले भन्नुभयो ।
मुद्दा दर्ताअघि ठूलो संख्यामा समर्थकहरुको उपस्थिति थियो ।
प्रतिक्रिया