अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीद्वारा आफ्नो पक्षमा रहेका माओवादी नेताहरुसँग छलफल

प्रधानमन्त्रीद्वारा आफ्नो पक्षमा रहेका माओवादी नेताहरुसँग छलफल


काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा रहेका माओवादी नेताहरुसँग छलफल सुरु गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रधानमन्त्री ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग छलफल गर्नुभएको छ । बैठकमा एमाले महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल पनि सहभागी हुनुभएको छ ।

एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वमाओवादी नेताहरुसँग औपचारिक/अनौपचारिक बैठक भइरहेको जानकारी दिनुभयो ।