अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू


काठमाडौं- नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक केही बेरअघि पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो ।

सर्वोच्च अदालतले साविकको एमाले र माओवादी केन्द्र ब्यूँताएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो ।

पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार बैठकमा आगामी रणनीतिका सम्बन्धमा छलफल हुनेछ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी ब्युँताउने गरी फैसला गरेको थियो ।