अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारबारे कांग्रेस र जसपासँग छलफल गर्ने माओवादी केन्द्रको निर्णय

सरकारबारे कांग्रेस र जसपासँग छलफल गर्ने माओवादी केन्द्रको निर्णय


काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले संसद र सरकारबारे अब के गर्ने भन्नेबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ ।

आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संसद र सरकारबारे आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा कांग्रेस र जसपासँग छलफल गर्ने भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार दिउँसो पनि स्थायी कमिटी बैठक बोलाइएको उहाँले बताउनुभयो । प्रवक्ता श्रैष्ठका अनुसार आजको बैठकले फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको छ ।