अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओली र प्रचण्डलाई निर्वाचन आयोगले पठायो एमाले-माओवादी ब्यूँतिएको पत्र

ओली र प्रचण्डलाई निर्वाचन आयोगले पठायो एमाले-माओवादी ब्यूँतिएको पत्र


काठमाडौं- निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलगअलग राजनीतिक दलका रूपमा साविककै अवस्थामा कायम रहेको बारे दुवै पार्टीका अध्यक्षलाई जानकारी गराएको छ ।

आयोगले दुवै पार्टी साविककै अवस्थामा कायम रहेको बारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई औपचारिक रूपमा जानकारी दिने भएको हो ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछिको अवस्थाबारे छलफल गर्न मंगलबार बसेको आयोग पदाधिकारीको बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दल दर्ता भएको राजपत्रमा प्रकाशित सूचनालाई खारेज गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ ।

आयोगले नेपाल कम्युनिस्ट पार्टी एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अलगअलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा काम भएको व्यहोरा पनि राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।