अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किराँतीले पार्टीको नाम र चिन्ह, तिवारीले नयाँ नाम प्रस्ताव गर्नुपर्ने (विज्ञप्तिसहित)

किराँतीले पार्टीको नाम र चिन्ह, तिवारीले नयाँ नाम प्रस्ताव गर्नुपर्ने (विज्ञप्तिसहित)


काठमाडौं- निर्वाचन आयोगले गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र र सन्ध्या तिवारी नेतृत्वको नेकपा एमाले पार्टीको नाम परिवर्तन गर्न भनेको छ ।

निर्वाचन आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै दर्ता भएका किराँतीको माओवादी केन्द्रले नाम र चुनाव चिन्ह र सन्ध्या तिवारी नेतृत्वको एमाले पार्टीको नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र आयोगमा सुधारसहितको विवरण पेश गर्न भनेको हो ।

आयोगले सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले एमाले र माओवादी एकीकरण भइ बनेको (ने क पा) दलको उत्प्रेषणको आदेशले बदर भइ दुवै राजनीतिक दल अलग अलग दलका रुपमा साविककै अवस्थामा कायम रहने भन्दै एकीकरणपछि दर्ता भएका पार्टीसँग पुरानै पार्टीको नाम र चुनाव चिन्हसँग मिल्ने भएपछि उनीहरूलाई नयाँ नाम र चुनाव चिन्ह पेश गर्न भनेको हो ।

आयोगको विज्ञप्ति :